"ओज छैन फिट्किरिमा"




गजल-
         "ओज छैन फिट्किरिमा"

जनजीवन ग्रस्त यहाँ ,बिश्व मौन भुमरीमा ।
डडेलोको कालो मात्र ,दशा हैन भ्रामरिमा ।
मुस्कुराउन छाडिएका,अनुहारको भाव हेर,

पानीमात्र पेटभरी ,धान छैन भकारीमा ।

हुण्डरिले उड्याे छानो बाकी रह्यो खाबो मात्र !
भोको पेट माग्छ खान, नुन छैन तरकारीमा!

राहत त आयो सुन्थे, धन्यवाद छ सरकारलाई ,
कस्ले हाल्ने दान यहाँ ,भिख छैन टोकरिमा ।

कर्म भने गरेकै हो, पेट पाल्न ! महामहिम
बन्द भयो चोक सबै ,पेसा छैन चाकरीमा ।

पिंजडाको सुगा सरि,थुनिएको जगतमा
बिमुख छ काल पनि, पोस छैन सुत्केरीमा ।

कोइली बास्दा कोरोनाको ,वसन्त नै गयो कहाँ?
वृद्ध मा लाई औसधि खै? ,ओज छैन फिट्किरिमा ।
                                                                  युवराज सुबेदी                   

Comments

Popular Posts