World Friendship Organization ले १११ जना युवालाई निः शुल्क मुस्ताङ भ्रमणमा लग्दै।

नेपाल सरकारले २० लाख पर्यटन भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै रहेको कुरा सर्व विदितै छ । बाह्य पर्यटक भित्र्याउने मात्र नभएर आन्तरिक रुपमा पनि पर्याटन प्रवद्र्धनको लागि विभिन्न संघ संस्थाहरुले पहल गरिरहेका छन् । सोही भ्रमण वर्ष लक्षित गर्दै (समाजिक संस्था World Friendship Organization ले १११ जना युवालाई निः शुल्क मुस्ताङ भ्रमणमा लैजाँदै छ ।

भ्रमणमा सहभागी हुने १११ जना मध्य ५० जना गोलाप्रथा (लक्की ड्र) बाट छनोट भएका र ५१ जना संस्थामा सक्रियता रहेकाहरुमध्येबाट र १०जना सामाजिक सन्जा  वाट उत्कृष्ट घाेषित व्यक्तिहरु रहने सस्थाले जनाएको छ । विशेष गरि नयाँ सोच र योजना भएका तथा नयाँ दृष्टिकोण  भएका व्यक्तिहरुलाई सो योजनामा प्राथमिकता दिइने संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक राजु घिमिरेले जानकारी दिएका छन् ।
आधिकारिक रुपमा १११ जना संस्थाका सदस्यहरु जाने भएपनि उनीहरुको साथमा भ्रमणलाई सफल पार्नको लागि जम्मा १३२जना सहभागि रहनेछन् ।

यस भ्रमणको लागि लागत संस्थामा सक्रयाशील युवाहरुले नै व्यवस्थापन गर्ने र सम्भव भए दाताहरुको सहयोग पनि लिइने जनाइएको छ । युवाहरुमा आपसि एकता र सृजनशीलतामा भ्रमण फलदायी हुने विश्वास आयोजकले लिएको छ ।
भ्रमणको सहयोगी संस्थाहरु  :-
                                     DOKO|TEAM PVT LTD
                                     DONEIC PVT. LTD 

प्रस्थान मितिः २०७७-०१-२४देखि २०७७-०१-३१सम्म (जम्मा ७ दिन)   यदि   हजुरपनि सहभागी हुन चहानुहुन्छ भने  तलकाे लिङक मा थिच्नुहाेस
https://www.facebook.com/ewfo.org/

Comments

Popular Posts