महाशिवरात्रिको पावन अवसरमा २७८ जनाले लिए निःशुल्क स्वास्थ्य लाभ।


काठमडौं, ०९ फागुन । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइएको छ ।

२०६० साल देखि आहिले सम्म पशुपतिमा महाशिरात्रीको अवसरमा नेपाल रेडक्रस सोसाइटी पशुपति वौद्ध उपशाखा द्वारा नि:शुल्क स्वास्थ्य शिविर को आयोजना हुँदै आइरहेको छ। आज २०७६-०९- फागुन का दिन प्रत्येक साल जस्तै यो साल पनि महाशिरात्रीमा मा निःशुल्क स्वास्थ्य शिविर को आयोजना गरिएको थियो। जसमा स्वास्थ्य जाँच गराई २७८ जनाले आफ्नो स्वास्थ्यको परीक्षण गराउनु भयो। साथै पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनको सुविधाका लागि आज बिहान ६ बजेदेखि नै   प्राथमिक उपचारका लागि युवा रेडक्रस परिचालन गरिएको थियो।

पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको हुनाले प्रत्येक प्रत्येक लाइनमा प्राथमिक उपचार टोली खटाइएको थियो।

 मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको लेनमा नेपाल रेडक्रस का स्वयंसेवकहरुले सेवा दिनु भयो।

Comments

Popular Posts