चीनको वुहानबाट उद्धार गरी ल्याइएको विद्यार्थीहरुले भन्छन् सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।
  • त्यहाँ पुगेपछि चीनबाट आएका हाम्रो नेपालीहरुले भने, नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको छ।

‘हामीसबै एउटा समस्याबाट नै आएका हौं।  तर सरकारले जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’ विद्यार्थीहरुले भने , पानी , बेड, चप्पल सबै अलग अलग दिइएको छ। हामी व्यवस्थापनबाट एकदमै सन्तुष्ट छौं।’
चीनको हुबेई प्रान्तबाट शनिबार राति नेपाल वायुसेवा निगमको वाइडबडीमार्फत नेपालीहरुलाई आफ्नो स्वदेश ल्याइएको हो। 
आइतबार बिहान ४ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरूलाई त्यहीं स्वास्थ्य जाँच गरेपछि मात्रै  बसमा राखेर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा पुर्‍याइएकाे हाे। 
कोरोना भाइरस संक्रमणका लक्षण १४ दिन पछि देखिने भएकाले उनीहरूलाई क्वारेन्टाइन अर्थात् परिवारलगायत अन्य स्वस्थ मानिसहरूको  सम्पर्कबाट टाढा सुरक्षित ठाउँमा राखिएर देखभाल हुँदै छ।
busssssss
इन्टरनेटको सुविधा पनि उनीहरू लाई दिएको छ। ताकि आफ्नो परिवार,साथी,भाई र अध्यनमा सजिलो होस।

Comments

Popular Posts