सडक सुरक्षा तथा ट्राफिक जनचेतना र रेडक्रस अभियान सम्बन्धि परिचयात्मक कार्यक्रम श्री पशुपति मित्र मा.बी चाबहिल मा सम्पन्न भयको छ।

मिति २०७६ फल्गुण ०२ गते गते नेपाल रेडक्रस सोसाइटी पशुपति बौद्ध उपशाखा र नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस सर्कल पशुपति मित्र मा.बी को संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक जनचेतना र  रेडक्रस अभियान सम्बन्धि  परिचयात्मक कार्यक्रम  श्री पशुपति मित्र मा.बी चाबहिल मा सम्पन्न भयको थियो ।


 उक्त कार्यक्रम बाट ६५ जना छात्र र ४५ जना छत्रा गरि जम्मा ११० जना बिद्यार्थीहरु लाभान्वित हुनुभएको थियो। उक्त कार्यक्रममा उपशाखाबाट जुनियर युवा स्वयंसेवक प्रवीण दाहाल, आमन्त्रित सदस्य नरेश कुमार श्रेष्ठ, रेडक्रस अभियान सम्बन्धि प्रशिक्षकका रुपमा यु.रे.श त्रिचन्द्र बहुमुखि क्याम्पस का पुर्ब सचिब तथा  ने.रे.सो. का स्वयंसेवक सुजन खतिवडा तथा सडक सुरक्षा तथा ट्राफिक जनचेतना  सम्बन्धि प्रशिक्षकका रुपमा पुर्ब प्रहरी नायब उपरीक्षक बिपिन गौतम ज्यु, स्काउट लिडर बिश्वनाथ बानियाँ र जु.रे.स का स्वयंसेवकहरुको गरिमामय उपस्थिति रहेको थियो ।
फोटो र जानकारी:- प्रवीण दहाल

Comments