प्रिय भाई
प्रिय बाबू रोहित,प्रिन्स माया भन्ने दुई अक्षरले बनेको शब्द पनि कस्तो अनौठो रहेछ नत किनेर पाउछ नत जबर्जस्ती खोसेर पाउछ प्रिय बाबू आज म हजारौं कोश टाढा छु यो बिरानो सहरको रमझमिमा छु अर्काको खुट्टाको आधार मा हिड्ने गर्छु अनि चौरासी ब्यान्जन खाना खाएको छु र पनि तिम्रो याद र मायाले यो छाती भक्कन्निएर आउँछ अनि आँखा बाट बलिन धारा आँसु बग्न थाल्छ हुन त दोष न तिम्रो छ न मेरो दोष त हाम्रो भाग्यको हो बाबू मैले तिमिलाइ आफ्नो काखमा राखी तिमिलाइ सारा खुसी दिन चाहन्थे तर समय र परिस्थितिले गर्दा आज म तिमी देखि साथ समुन्द्र पारी छु .......चाहेर पनि तिमिलाइ अङ्गाल्न सक्दिन ....तिम्रो याद र मायाले हरेक दिन यो छाती चर्किरहन्छ कहिले काहि त समाल्न सक्दिन अनि एकान्तमा बसि तिम्रो फोटो छातिमा राख्दै बेस्सरी डाको छोडेर रुन मन लाउछ तर के गर्नु ......
परदेशको ठाउ न हो बाबू यहा कसैले पनि हाम्रो दुख बुझ्दैनन जति दुख जति चोट परे पनि के भो भनी कसैले सोधिदिदैनन बाबू तिमी राम्रो काम गर्नु धेरै पढेर धेरै ठुलो मान्छे बन्नु तिमिलाइ नजिक बाट माया र ममता दिन नसके तापनि .... म पर्देशिको तर्फ बाट तिमिलाइ तिम्रो जिन्दगीभर को लामो आयु अनि हरेक पाईलामा सफलताको .......कामना गर्दछु......
Comments
Post a Comment