म प्रदेश जाँदा...


म प्रदेश जाने बेलामा तिमीलाई सोधेको थिए ''माया'' म नआउन्जेल मलाई पर्खेर बस्छौं होइन ? अनि तिमीले  हाँसे र भनेकि थियौ ''म हजुरलाइ यो अन्तिम प्राण रहेसम्म पर्खिएर बस्नेछु ! यो जन्म मा मात्र होइन सयौं जुनि हजुरको हुनेछु'' ! तिमी प्रति मलाई धेरै भरोसा थियो ! अनि रुदै तिमीले मलाई अङ्गालो हालेर भनेकी थियौ ''मेरो चिन्ता नलिनु बरु आफ्नो स्वास्थको ख्याल राख्नु '' ! हामी धेरै समय रोइरह्यौ अनि मैले बिदा माग्दै भने ल है ''माया'' आफ्नो ख्याल गर्नु , अब म जान्छु ! तिमीले पनी आँखाभरी आँसु पार्दै बिदाइ गरेकी थियौ ! सोचेको थिए मेरै हुन्छौं भनेर ! तिम्रो लागि कति सपनाहरु सजाएर आएको थिए ! तर आज एक्कासी तिम्रो बिहेको खबर र यो तिम्रो दुलही हुदाको फोटो देख्दा केही बेर मुटुको धड्कन नै रोकीयो ! चारैतिर पहिरो गए जस्तो भो ! साँच्चै कति राम्रो देखिएकि छौ दुलहीको श्रिङ्गारमा ! ठिकै छ तिमीले जे गरयौ हासेर गरयौ ! जिउनु सदा खुसी रहनु ! सायद म त अब मर्छु पनी होला ! अर्को जन्ममा सँगै हुने बाचाका साथ यो संसारबाट बिदा हुदैछु ! जिन्दगीमा मैले केही राम्रो काम गरेको भए अनि भगवानले मलाई केही दिन चाहनुहुन्छ भने, त्यसको बदलामा मेरी उनलाई धेरै खुसी दिउन...!!!

Comments

Popular Posts