महाशिवरात्रीमा नेपाल रेडक्रस सोसाइटीको निशुल्क शिविर
पशुपति: यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था पनि मिलाइएको छ।
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा प्रहरी परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिने छ।
पशुपतिमा पाँच हजार स्वयंसेवक
नेपाल स्काउट समेतका गरी करिब पाँच हजार स्वयंसेवक परिचालन गरि। दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिर मात्र स्वयसेवक परिचालित हुनेछन्। पशुपतिनाथको मन्दिर नजिक हुनेगरी मुख्य क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारका टोलीसहित खटाइने छ। डाक्टर, नर्स, औषधि र एम्बुलेन्स मूल स्वास्थ्यशिविर रहनेछ। महाशिवरात्रिमा ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन्।
तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करिब १०० वटा सङ्घ संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था हुने जनाइएको छ। साधुसन्तका लागि निःशुल्क भोजन, पानी, चिया र बसोवास समेतको व्यवस्था छ। चिसोबाट बच्नका लागि धुनीको व्यवस्था पनि मिलाइएको छ।
पार्किङ तथा ट्राफिक व्यवस्थापन
वृत्त÷ट्राफिक प्रहरी प्रभाग, गौशाला, तिलगङ्गा क्षेत्र, कोषको कार्यालय, महानगरीय प्रहरी , सिफलचौर, गुह्येश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ। एअरपोर्ट, गौशाला, चावहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी आधा सडकमा मात्र सवारी गुड्न दिने वा डाइभर्सन गरी सवारी सञ्चालन गर्ने व्यवस्था समेत मिलाइने छ।

Comments
Post a Comment