नेपाल युवा रेडक्रस सर्कल नोबेल कलेजले कोरोना भाइरसबाट आफू कसरी बाँच्ने र अरुलाई कसरी बचाउने विधिहरू प्रस्तुत गरेको छ।
कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण एकजनामा देखिएपछि यसको त्रास झनै फैलिएको छ। यस कुरा लाई मध्यनजर राख्दै नेपाल युवा रेडक्रस सर्कल नोबेल कलेज का विद्यार्थीहरुले नोवेल कोरोना भाइरसको जागरूकता कार्यक्रम बसन्तपुरमा प्रस्तुत गरेको छ।
#.नोवेल कोरोना भाइरस कसरी सर्छ।
#.यसका संक्रमणपछिका लक्षणहरु कस्ता हुन्छन्...?
# नोवेल कोरोना भाइरसबाट कसरी बच्ने?
1. 🚰सफा पानीले हात मुख धुने।
2. 😷खोक्दा हाच्छ्यु गर्दा नाक मुख छोप्ने।
3. 🥚🐔🥓पशुजन्य मासु वा अण्डा राम्रोसंग पकाएर खाने।
4. जंगली वा घरेलु पशुपंछीसंग असुरक्षित सम्पर्कबाट टाढा रहने।
5.😳फ्लुको लक्षण देखेमा चिकित्सको परामर्श लिने ।
यस्ता विधिहरू भिडियो सहित प्रस्तुत गरी र खाना खानुभन्दा अगाडि राम्रोसँग हात धुने विधि त्यहाँ उपस्थित सम्पूर्णमा प्रस्तुत गरेको छ। त्यहाँ उपस्थित स्कूलका बाल बालिकाहरुलाई एक एक गरी हात धुने बिधि सिखाई साथै मुखमा लगाउने मास्क वितरण गरेको छ।
Comments
Post a Comment